सेनाभित्र पुरुषहरु पनि यौन उत्पिडनको शिकार


एजेन्सी । सेनाभित्र पुरुषहरु पनि यौन उत्पिडनमा परेको तथ्य बाहिरिएको छ । अमेरिकी रक्षा मन्त्रालयले गरेको एक अध्ययनबाट महिलाकै अनुपातमा पुरुषहरु समेत पीडित रहेको विवरण सार्वजनिक गरेको हो ।

न्युयोर्क टाईम्सकाअनुसार अमेरिकी सेनामा महिला जस्तै पुरुषहरु समेत यौन उत्पीडनको शिकार बन्ने गरेको भेटिएको छ ।

पेन्टागनले महिलाहरुको यौन हिंसाको विषयमा अध्ययन गर्नको लागि एउटा टोली गठन गरेको थियो । सो टोलीले महिला र पुरुषहरुमा यौन हिंसाको घटना बराबर रहेको देखाएको छ । सो रिपोर्ट अनुसार प्रत्येक वर्ष अमेरिकी सेनामा करिब १० हजार पुरुषहरु नै यौन शोषणमा पर्ने गरेका छन् ।

सोही संख्यामा नै महिलाहरु समेत यौन हिंसामा पर्ने गरेका छन् । त्यस्ता पीडित युवाहरु निम्न–श्रेणीका धेरै छन् । उनीहरु हिंसाबारे आवाज बाहिर ल्याउन नसकिरहेको समेत रिपोर्टमा उल्लेख छ ।

दोस्रो विश्वयुद्धको समयमा युरोपमा रोमा र सिन्ती जातिका मानिसहरुमाथि सेनाले गरेको दुव्र्यवहारको फोटो कथा लन्डनको वियनर होलोकास्ट लाइब्रेरीमा यतिबेला प्रदर्शनमा छ । सो फोटो कथामा त्यो घटना भोगेर आएका साक्षीहरुको अनुभव समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement