भोटेकोशी बाढी : जलजिद्युत आयोजनाका ८३७ जना अझै सम्पर्कविहीन (विवरणसहित)

भोटेकोशी बाढी : जलजिद्युत आयोजनाका ८३७ जना अझै सम्पर्कविहीन (विवरणसहित)

११ आयोजनामा क्षति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ११ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्।

तीमध्ये ८ वटा आयोजना सञ्चालनमा रहेका र ४ वटा निर्माणाधीन छन्। प्रभावित आयोजनाको कुल क्षमता ६६९ मेगावाट रहेको छ।

बाढीबाट ११ वटा जलविद्युत् आयोजना क्षतिग्रस्त भएका छन् भने ती आयोजनासँग सम्बन्धित ८३७ जना सम्पर्कविहीन छन्।

प्रभावित आयोजनामध्ये २८१ मेगावाट क्षमताका ८ वटा सञ्चालनमा रहेका र ३८८ मेगावाट क्षमताका ४ वटा निर्माणाधीन आयोजना छन्।

रसुवामा बाढीबाट पूर्ण रूपमा प्रभावित आयोजनामध्ये माथिल्लो त्रिशूली–१ सबैभन्दा ठूलो आयोजना हो। २१६ मेगावाट क्षमताको निर्माणाधीन उक्त आयोजनामा ४७१ जना सम्पर्कविहीन भएका थिए। हालसम्म ९३६ जना सकुशल तथा उद्धार भएको छ । तीमध्ये ११ जनाको शव फेला परेको छ ।

त्यस्तै १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा ९३ जना सम्पर्कविहीन भएका थिए भने ७ जना सकुशल तथा उद्धार भएका छन्। १२० मेगावाटको निर्माणाधीन रसुवा–भोटेकोशी आयोजनामा ३ जना सम्पर्कविहीन र ५ जना सकुशल तथा उद्धार भएको विवरणमा छ।

२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा ३९ जना सम्पर्कविहीन भएका छन् भने १९ जनाको सकुशल उद्धार गरिएको छ।

यस्तै, २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनामा ७१ जना कामदार थिए भने साइट कार्यालयमा १ जना सम्पर्कविहीन छन् ।

५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनामा कति जना कार्यरत थिए भन्ने यकिन नभएको बताइएको छ। यो आयोजनामा ७ जना सम्पर्कविहीन भएका छन्।