भारत र इजरायलका सेना प्रमुखको नेपाल भ्रमण स्वीकृत, यस्तो छ कार्यक्रम


काठमाडौं – भारतका र इजरायलका सेना प्रमुखको नेपाल भ्रमण स्वीकृत भएको छ । सरकारले भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नाराभाने र इजरायलका सेना प्रमुख अभी जोकोभिचको नेपाल भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।

बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले नेपाली सेनाको आग्रहमा दुई देशका सेना प्रमुखको नेपाल भ्रमणलाई अनुमति दिने निर्णय गरेको बताएका हुन् ।

नेपाल भ्रमणका बेला भारतीय सेना प्रमुख लाई नेपाली सेनाको मानार्थ सेनापतिबाट सम्मान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement