महासेनानीको पदोन्नतिको विषय सेनाको यस्तो दाबी


काठमाडौं– नेपालीले महासेनानी दर्जाको पदोन्नतिको विषयमा सञ्चारमाध्यममा सार्वजनिक भएको खबरप्रति ध्यानाकर्षण भएको जनाएको छ।

वरिष्ठ प्रमुख सेनानीहरुलाई पन्छाएर जुनियरलाई बढुवा सिफारिस गरिएकोबारे आमसञ्चारमाध्यममा समाचार आएपछि सैनिक मुख्यालयले आइतबार विज्ञप्ति जारी गरेको हो।

‘नेपाली सेनाको पदोन्नति सम्बन्धि प्रचलित व्यवस्था ‘सैनिक सेवा नियमावली २०६९’ मा गरिएको र उक्त नियमावलीमा भएको व्यवस्था बमोजिम नै निज अधिकृतहरुलाई महासेनानी दर्जामा पदोन्नतिको लागि सिफारिस गरिएको थियो,’ सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उक्त सिफारिसलाई जेठ ३१ गतेको मन्त्रीपरिषद बैठकबाट पनि सदर भइसकेको व्यवहोरा जानकारी गराउँदछौं ।’

उक्त सिफारिश गत जेठ ३१ गतेको मन्त्रिपरिषद्को बैठकबाट सदर भइसकेको निर्देशनालयले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement