सेनाको टोलीद्वारा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जलाई २५ थान भरुवा बन्दुक हस्तान्तरण


काठमाण्डु – नेपाली सेना र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका प्रतिनिधि सहितको संयुक्त पट्रोल टोलीले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रबाट २५ नाल भरुवा बन्दुक बरामद गरी निकुञ्जमा बुझाइएको छ ।

माघ १० गते जगदुल्ला गाउँपालिकाबाट स्थानीय जन प्रतिनिधिको रोहवरमा १६ नाल भरुवा बन्दुक बुझेको थियो भने ११ गते उक्त गाउँपालिकाको सिम्लौना भन्ने स्थानमा रहेको गोठमा सर्च गर्दा २ नाल थप भरुवा बन्दुक फेला परेको थियो । ११ गते डोल्पा जिल्ला त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष, मध्यवर्ती अध्यक्ष तथा स्थानीयको रोहवरमा पुनः थप ७ नाल भरुवा बन्दुक बुझेको सेनाले जनाएको छ ।

यसैगरी माघ ११ गते नै बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत दाङ्ग जिल्ला बबई गाउँपालिका–१ को खयरखुट्टि स्थित स्थानिय व्यक्तिको घरबाट समेत १ नाल भरुवा बन्दुक बरामद गरी बाँके राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको छ ।

यस प्रकारका पहलकदमीले निकुञ्ज तथा आसपास ईलाकामा हुने गरेका चोरी शिकारी तथा अवैध गतिविधि नियन्त्रणमा आउने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement