जंगीअड्डा किन पुगे राष्ट्रपति र रक्षामन्त्री ?


काठमाडौं– राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारी र कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल बिहीबार नेपाली सेनाको जंगीअड्डा पुगेका छन्। सो क्रममा उनीहरुले समसामयिक विषय तथा नेपाली सेनाको गतिविधि सम्बन्धी जानकारी लिएको नेपाली सेनाले जनाएको छ।

राष्ट्रपति भण्डारीले नेपाली सेनालाई उच्च मनोबल तथा हौसलाका साथ नेपाल सरकारले प्रदान गरेको जिम्मेवारीहरुलाई सदाझैं सम्पन्न गर्न निर्देशन दिइन्।

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले राष्ट्रिय सुरक्षाको महत्वपूर्ण जिम्मेवारी बोकेको तथा विशिष्ट चरित्र भएको नेपाली सेनालाई आवश्यक सहयोग गर्न रक्षा मन्त्रालय तथा नेपाल सरकार सदैव सकारात्मक रहेको बताए।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले सेनाको सवलीकरण, सुदृढिकरण र सांगठनिक विकास तथा पारम्परिक मर्यादा अक्षुण्ण राख्नको लागि नेपाल सरकारबाट प्राप्त सहयोग तथा भूमिका महत्वपूर्ण रही आएको तथा नेपाली सेनाले सदैव राष्ट्रिय स्वार्थहरुलाई सर्वोपरि राखी कार्य गर्दै आइरहेको बताएका थिए।

सो क्रममा विभागका रथी तथा अधिृकतहरुले वर्तमान बस्तुस्थितिको जानकारी गराउनुको साथै नेपाली सेनाको जिम्मेवारी, संगठन तथा नीति नियम, अपरेशनल गतिविधि र कल्याणकारी कार्यहरु सम्बन्धी प्रस्तुतिकरण प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement