भीरमा लडेर घाइते भएका व्यक्तिको नेपाली सेनाद्वारा उद्धार


काठमाण्डु – नेपाली सेनाले सोलुखुम्बुमा भीरबाट लडेर घाइते भएका १ व्यक्तिको उद्धार गरेको छ ।

खुम्बु पासाङ्ल्हामु गाउँपालिका ५ लार्जादोभानमा भीरबाट लडेर घाइते भएका सोताङ्ग–५ का दिपेश कुलुङ्ग राईलाई नेपाली सेनाले उद्धार गरेको छ ।

रणशुर गुल्मबाट खटिएको फौजले शुक्रबार स्थानीय वासिन्दा तथा नेपाल प्रहरीको सहकार्यमा उद्धार गरी उनलाई नाम्चेस्थित स्वास्थ्य उपचार केन्द्र पुर्‍याएको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement