सुदुर र मध्यपश्चिमलाई टार्गेट गरेर सेनाद्धारा सुर्खेतमा पश्चिम एयर वेश स्थापना


सुर्खेत– नेपाली सेनाले पश्चिम एयर वेश सञ्चालनमा ल्याएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सुर्खेत स्थितपश्चिम एयर वेश सञ्चालन कार्यको बुधवार  शुभारम्भ गरेका छन् ।

नेपाली सेनाले पश्चिम र पूर्वमा एयर वेश स्थापना गरि काठमाण्डौबाट मात्रै प्रदान गर्दै आएको हवाई सुविधालाई क्रमशः मुलुकभर विस्तार गर्ने नीतिअनुसारे आजबाट सुर्खेत स्थित पश्चिम एयर वेशको शुभारम्भ गरि उक्त कार्यको थालनी गरेको हो । 

सेनाले सुरक्षित हवाई क्षमता वृद्वि गर्ने उद्देश्यले सुर्खेत स्थित पश्चिम एयर वेशमा ह्याङ्गगर निर्माण कार्यको थालनी भईसकेको र हाल एम आई १७ सहित दुई वटा हेलिकोप्टर नियमित रुपमा तैनाथ गरी हवाई सेवाको पहुंच वृद्वि गर्ने कार्यको सुरुवात गरिएको जनाएको छ । 

सैनिक जनसम्र्पक निर्देशनालयले आगामी १० वर्षभित्र हवाई साधन थप गरि सेकेण्ड लाइनमेन्टिनेन्ससहितको सेवा प्रदान गर्ने उद्देश्य रहेको जानकारी दिएको छ । 

नेपाली सेनाले हवाई पारवहन क्षमतालाई उपत्यका बाहिर समेत विस्तार गरि सेवा प्रदान गर्ने कार्यक्रम अन्तरगत पश्चिम एयर वेशले पश्चिम तथा सुदुर पश्चिमका जनताहरुलाई विपद् तथा आकस्मिक घटनाहरुको समयमा छिटोछरितो र प्रभावकारी ढंगबाट उद्दार तथा राहत वितरण कार्यमा थप मद्दत पुग्ने विश्वास लिएको  छ । 

कार्यक्रममा युद्वकार्य महानिर्देशक, व्यवस्था नीति तथा योजना महानिर्देशक, प्रबन्ध तथा संभाररथी, सैनिक हवाई महानिर्देशक, उत्तर पश्चिम पृतनापतिलगायत उच्च पदस्थ सैनिक अधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement