उपरथीमा बढुवा भएका सिलवाललाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान


काठमाण्डु – प्रधानसेनापति  प्रभुराम शर्माले सहायक रथी नारायण सिलवाललाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

साेमबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच उनलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका ३ जना प्रमुख सेनानीलाई पनि महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

कार्यक्रममा बलाध्यक्ष रथी श्री सिताराम खड्का, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका रथीवृन्द तथा अधिकृतहरूका परिवारजनको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement