नेपालले ९ वर्षमा सैन्य क्षेत्रमा कति खर्च गर्‍यो ? यस्तो छ सीप्रिको तथ्यांक


काठमाडौं – नेपाल विश्वव्यापी शक्तिशाली मुलुकको सूचीमा १३८ मुलुक मध्ये १२० औं स्थानमा रहेको छ । यसमा देशको जनसंख्या,जीडीपी र सैन्य शक्ति लगायतकम विभिन्न विषय बस्तुलाई आधार मानिएको छ ।

१३८ मध्ये १२० औं स्थानम रहेको नेपालले रक्षाको क्षेत्रमा विगत ९ वर्षको अवधिमा कति खर्च गरेको छ भन्ने विषयमा स्टकहोमस्थित स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थान (सीप्रि)ले फेहरिस्त प्रस्तुत गरको छ ।

सीप्रिका अनुसार २०१० मा नेपालले रक्षाको क्षेत्रमा ३० करोड ५० लाख डलर खर्च गरेको थियो । २०११ मा गएर यसमा वृद्धि भएर ३१ करोड ५० लाख डलर पुगेको थियो । तर यो वृद्धिले २०१२ मा गएर निरन्तरता पाउन सकेन ।

२०१२ मा नेपालको रक्षा खर्चमा केही कमी आएर २९ करोड ९० लाख डलरमा सीमित भएको थियो । यसैगरी २०१३ मा नेपालले ३२ करोड ८० लाख डलर छुट्याएको थियो । २०१४ मा भने नेपालको रक्षा खर्चमा ह्वात्तै वृद्धि भएको थियो ।

उक्त वर्ष नेपालको रक्षा खर्च ३७ करोड १० लाख डलर पुगेको थियो । त्यसपछि २०१४ को तुलनामा २०१५ मा नेपालको रक्षा बजेटमा गिरावट आएको थियो । सो वर्षमा नेपालको रक्षा बजेट ३५ करोड ६० लाख डलर थियो ।

यसैगरी २०१६ मा नेपालको रक्षा बजेट २०१५ को तुलनामा वृद्धि भएर ३७ करोड ८० लाख डलर पुगेको थियो ।

यो नौ वर्षको अवधिमा २०१७ को रक्षा बजेट सबैभन्दा बढी रहेको थियो । उक्त वर्ष नेपालको रक्षा बजेट ४० करोड ५० लाख डलरको थियो ।

२०१८ मा नेपालको रक्षा बजेट ३९ करोड ७० लाख डलर रहेको थियो । यो सबै तथ्यांक स्टकहोमस्थित सीप्रिले तयार पारेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement