अस्वस्थताका कारण फूलपाती बढाइँमा प्रधानसेनापति अनुपस्थित


काठमाण्डु –  प्रधानसेनापति प्रभुराम शर्मालाई ज्वरो आएका कारण आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँमा अनुपस्थित भएका छन् ।

स्वास्थ्य सतर्कता अपनाउँदै सो समारोहमा उनी उपस्थित भएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । प्रधानसेनापतिलाई ज्वरो आएपछि गरिएको पीसीआर परीक्षणको नतिजा भने नेगेटिभ आएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement