प्रधानन्यायाधीश भेट्न सर्वोच्च पुगे प्रधानसेनापति थापा


काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबीच भेटवार्ता भएको छ । सोमबार सर्वोच्च अदालत पुगेका प्रधानसेनापति थापाले प्रधानन्यायाधीश जबरालाई कार्यकक्षमा भेट गरेका हुन् ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौडेलले सर्वोच्च अदालतलाई नयाँ भवन निर्माणका लागि आवश्यक पर्ने ९ रोपनी जग्गा हस्तान्तरणलगायतका विषयमा कुरा गर्न प्रधानसेनापति थापा सर्वोच्च गएको पुष्टि गरे ।

सर्वोच्च पछाडिको ३७ रोपनी जग्गा नेपाली सेनाले भोगचलन गर्दै आएको छ । सोही जग्गाबाट अदालतले आफूलाई नयाँ भवनका लागि आवश्यक पर्ने ९ रोपनी जग्गा सेनासँग माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement