प्रधानसेनापति थापाद्वारा चितवनस्थित बटुकदल गणकाे निरीक्षण


काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले चितवन जिल्लाको कसरास्थित बटुकदल गण हेडक्वाटरको निरीक्षण भ्रमण गरेका छन् । प्रधानसेनापति थापाले आइतबार चितवन जिल्लाको कसरास्थित बटुकदल गण तथा अन्तर्गत सुरक्षा पोष्टहरुको निरीक्षण पश्चात काठमाडौं फिर्ता भएका हुन् ।

२। निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त गणको बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै चितवन राष्ट्रिय निकुञ्जमा शुन्य चोरी शिकार अवधिको लगातार २ वर्ष सफलतापूर्वक सम्पन्न भएको अवसरमा शुन्य चोरी शिकारका 2X365+दिनको ब्यानर अनावरण गर्नु भई निकुञ्ज प्रशासन कार्यालय, अन्य संरक्षणमा आवद्ध संघ संस्था तथा स्थानीय जनतासँग समेत समन्वय र सहकार्य गर्दै प्रकृति संरक्षण कार्यमा सकलदर्जालाई अझ उत्प्रेरित भई उत्कृष्ट ढंगले कार्य सम्पादन गर्न निर्देशन दिएका थिए ।

वैशाख ७ गते प्रधानसेनापति थापा रुपन्देही जिल्लास्थित जीतगढी किल्लामा प्रधानमन्त्री श्री केपी शर्मा ओलीद्वारा कर्णेल उजिरसिंह थापाको मूर्ति अनावरण एवं झण्डोत्तोलन कार्यक्रममा सहभागी भई हिजो शनिबार नेपाली सेनाद्वारा रुपन्देही जिल्लास्थित मध्य पश्चिम पृतना हेडक्वाटको जिम्मेवारी क्षेत्रमा पर्ने मर्चवारमा सञ्चालित स्वास्थ्य शिविरको निरिक्षण र कपिलबस्तुस्थित श्री नारायणदल गणको सुरक्षा बेश स्युराजमा स्युराज पार्कको अवलोकन तथा बृक्षारोपण समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement