काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले ताप्लेजुङ्ग हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका जमदार अर्जुन घिमिरेको शोकसन्तप्त परिवारलाई उनको निवासमा पुगेर भेट गरेका छन् । सेनापति थापाले स्वर्गीय घिमिरेको परिवारलाई भेट गरि समवेदना प्रकट गरेका छन् ।
तेह्रथुमका चिहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री रविन्द्र अधिकारीसहितको टोली त्यहाँ पुगेको थियो । कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौं फर्किने क्रममा बुधबार ताप्लेजुङको तारेभीरमा हेलिप्कोटर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी मन्त्री अधिकारी, यति एयरलाईन्सका प्रबन्ध निर्देशक, आङछिरिङ शेर्पा, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका अंग रक्षक अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।
हेलिकोप्टर दुर्घटनामा परी निधन भएका ५ जनाको पशुपति आर्यघाटमा आज दाह संस्कार गरिएको छ भने संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको गृहनगर पोखरामा अन्त्येष्टि गरिएको छ । त्यसैगरी पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको शव पनि परिवारलाई बुझाइएको छ । उनको आइतबार अन्त्येष्टि गरिनेछ ।
प्रतिक्रिया