कायममुकायम प्रधानसेनापति र ईजरायली राजदूतबीच भेटवार्ता


काठमाण्डु –  कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मा र ईजरायलका राजदुत हानान गोडरबीच शिष्टाचार भेटवार्ता भएको छ । बुधबार जङ्गी अड्डामा भएकाे भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएकाे छ ।

यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।प्रधानसेनापति पूर्णचन्द्र थापा तीनवर्षे कार्यकाल पूरा गरेर अनिवार्य अवकाशका लागि एक महिना बिदामा बसेपछि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी शर्माले पाएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको कायम मुकायम प्रधानसेनापतिमा रथी शर्मालाई यसअघि नै नियुक्त गरेकी थिइन् ।सेनामा क्षमता र दक्षताको आधारमा ‘चेन अफ कमान्ड’अनुसार प्रधानसेनापति नियुक्त गर्ने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement