प्रधानसेनापति थापाद्वारा मध्य पश्चिम पृतना हेडक्वाटर निरीक्षण


काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले मंगलबार रुपन्देहीस्थित मध्य पश्चिम पृतना हेडक्वाटरको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त पृतना हेडक्वाटरको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए ।

साथै, उनी आज सोही पृतना हेडक्वाटरमा मुकाम रहने र निरीक्षण भ्रमणको सिलसिलामा २ गते भरतपुरस्थित काली बहादुर गणतर्फ प्रस्थान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement