प्रधानसेनापति पूर्णचन्द्र थापाद्वारा उत्तर पश्चिम पृतना हेडक्वाटर निरीक्षण भ्रमण सम्पन्न


काठमाडाैं – प्रधानसेनापति पूर्णचन्द्र थापाले बिहीबार सुर्खेतस्थित उत्तर पश्चिम पृतना हेडक्वाटर र महेन्द्रनगरस्थित २५ नं. बाहिनी अड्डाको निरीक्षण भ्रमण गरी काठमाडौं फिर्ता भएका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री थापाले उक्त पृतना हेडक्वाटर र बाहिनी अड्डाको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए । साथै, निरीक्षण भ्रमणको सिलसिलामा रधानसेनापति मंसिर १९ गते सुदूर पश्चिम पृतना हेडक्वाटर दिपायलतर्फ प्रस्थान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement