आगामी निर्वाचनको मिति सर्वदलीय बैठकले टुंग्याउँछ : संयोजक दाहाल

आगामी निर्वाचनको मिति सर्वदलीय बैठकले टुंग्याउँछ : संयोजक दाहाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान तथा कानुनले व्यवस्थालाई टेकेर आगामी स्थानीय तह र प्रदेशको निर्वाचन गर्नुपर्ने बताएका छन् ।

मध्यपुरथिमिमा नेकपाले शनिबार आयोजना गरेको राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्दै उनले जेठ ५ गते स्थानीय तहको ५ वर्षे कार्यकाल पूरा हुने गरी निर्वाचन गर्नुपर्ने बताए ।

उनले भने, ‘निर्वाचन आयोगले वैशाखमा स्थानीय तहको र आगामी मंसिरको पहिलो साता प्रदेशको निर्वाचन गर्ने प्रस्ताव आएको छ, दलहरूको भनाइ पनि संविधानले व्यबस्था गरेअनुसार नै हुनुपर्छ भन्ने हो ।’ उनले लोकतन्त्रको रक्षाका लागि संविधानको रक्षा हुनु आवश्यक रहेको बताए ।

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारलाई टिकट बाँड्ने काम पार्टीको माथिल्लो तहले कुनै हस्तक्षेप नगर्ने बताउँदै स्थानीय तहको उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय तल्लो तहले नै गर्न निर्देशन दिए ।

कार्यक्रममा नेकपाका सहसंयोजक माधवकुमार नेपालले जागरण अभियान जनताको घरदैलोमा पुगेर जनतालाई विगतमा भएका र गरेका कामबारे प्रचार गर्न छुटाउन नहुने बताएका छन् ।