सुरक्षा

प्रधानसेनापतिबाट रत्न प्रकाश थापालाई उपरथी दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं – मन्त्रीपरिषद्को निर्णय अनुसार प्राड उपरथी दर्जामा पदोन्नति भएका सेना प्राड विवाकका सहायक रथी रत्न प्रकाश थापालाई प्रधानसेनापति पूर्णचन्द्र थापाले प्राड उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

मन्त्रीपरिषद्को चैत्र २५ गतेको निर्णय अनुसार शुक्रबार जंगी अड्डामा आयोजित एक बिशेष समारोहका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले प्राड उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

साथै, प्राड उपरथी दर्जामा पदोन्नति भएका प्राड उपरथी रत्न प्रकाश थापालाई सोही विवाकको जिम्मेवारी दिईएको छ । उक्त दर्ज्यानी चिन्ह प्रदानको कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थित रहेको थियो ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top