प्रधानसेनापति थापाद्वारा पश्चिम पृतना हेडक्वाटर निरीक्षण


काठमाडाैं – प्रधानसेनापति पूर्णचन्द्र थापाले बिहिबार पोखरास्थित पश्चिम पृतना हेडक्वाटर, खैरनीटारस्थित ३ नं. बाहिनी अड्डा र सैनामैनास्थित २ नं. तालिम गणको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त पृतना तथा तालिम गणहरुको स्थलगत बस्तुस्थिति, सैन्य आधार तालिमको गतिविधि, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए ।

साथै, उनी आज पोखरास्थित पश्चिम पृतना हेडक्वाटरमा मुकाम रही शुक्रबार अन्य युनिटहरुको निरीक्षण पश्चात काठमाण्डौं फिर्ता हुने कार्यक्रम रहेको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement