जुवातास खेलिरहेको अवस्थामा ४९ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ४९ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जुवातास खेलिरहेको अवस्थामा प्रहरीले देशका विभिन्न स्थानबाट ४९ जनालाई पक्राउ गरेको छ ।

काठमाण्डु महानगरपालिका–१६ मैपी बस्ने ४९ वर्षीय श्याम शर्माको घरको ग्राउण्डमा जुवा (कौडा) खेलिरहेको अवस्थामा श्याम समेत २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नेपाली ९ लाख ६० हजार ५०० रूपैयाँ, ४६० अमेरिकी डलर, भारतीय ५०० रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो ।

यसैगरी काठमाण्डु महानगरपालिका–१६ माछापोखरीस्थित सिर्जना गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा गोरखा चुमनुब्री गाउँपालिका–३ घर भएका ३० वर्षीय कृष्ण गुरूङ समेत १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ९३ हजार १८५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–१ शंकरपुरबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा ईश्वरपुर नगरपालिका–६ बस्ने ६३ वर्षीय पदम बहादुर लामा समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ३५ हजार ४२५ रूपैयाँ र ६ थान कौडासहित पक्राउ गरेको हो ।

नुवाकोटको लिखु गाउँपालिका–४ चौघडाबाट जुवातास खेलिरहेको अवस्थामा सूर्यगढी गाउँपालिका–५ बिंगोर बस्ने ४३ वर्षीय बिबेक पाण्डे समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७५ हजार ४ सय ३५ रूपैयाँसहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।