उपरथी तण्डुलको रथीमा बढुवा सिफारीससंगै भावी प्रधानसेनापतिका लागी शर्माको बाटो खुला 


काठमाडौं– नेपाली सेनाका उपरथी गौर टण्डुल रथीमा बढुवा सिफारीस भएका छन् । प्रधानसेनापति पुर्णचन्द्र थापा टण्डुललाई बढुवा गर्ने पक्षमा नभएको चर्चा चलिरहेको बेला रथी बढुवाको प्रक्रिया अघि बढेको हो । सैनिक स्रोतले दिएको जानकारीअनुसार बलाध्यक्षरथी शरद गिरीको अध्यक्षतामा बसेको बोर्ड वैठकले टण्डुललाई रथीमा बढुवा सिफारीस गर्ने निर्णय गरेको हो । प्रधानसेनापति पुर्णचन्द्र थापाले गिरी नेतृत्वको बोर्ड वैठकको निर्णय शुक्रवार सदर समेत गरिसकेका छन् । 

सेनाका हालका बलाधिकृतरथी हेमन्तराज कुंवर आगामी वैशाख ११ मा उमेर हदका कारण अनिवार्य अवकासमा जांदैछन् । सेनामा रथीको उमेर हद ५८ वर्ष रहेको छ ।  अवकास हुन् १५ दिन अघि नै विदामा वस्नुपर्ने सैनिक परम्पराअनुसार कुवंर यही चैत २८ मा विदामा बस्ने तयारीमा छन् ।  

रथीमा बढुवा सिफारिस भएका उपरथी टण्डुल ।

कुंवर विदामा वस्नु एक हप्ताअघि नै टण्डुलको बढुवा प्रक्रिया अघि बढेको छ । उनको बढुवाको दावी विरोधको लागी एक हप्ते सुचना समेत प्रकाशित भइसकेको छ । तण्डुल रथीमा बढुवा नभएको अवस्थामा वैशाख १९ मा अनिवार्य अवकासमा जांदै थिए । 

बढुवा समितिले टण्डुलको सैनिक सेवा नियमावली २०६९ को परिच्छेद ३ को सरुवा बढुवासम्बन्धी नियमावलीको नियम ३३ को क बमोजिम बढुवा सिफारीस गरिएको जनाइएको छ । तर, यो नियमावलीअनुसार बढुवाको लागी १५ दिने सुचना प्रकाशित गर्नुपर्ने उल्लेख भएपनि सेनाले ७ दिने सुचना मात्र प्रकाशित गरेको छ । 

तर, हालसालै संशोधित सैनिक नियमावली २०७५ अनुसार भने रथी बढुवाको लागी ७ दिने सुचना प्रकाशित गर्नुपर्ने उल्लेख छ । त्यसमा रथीमा बढुवा हुनका लागी एक वर्ष पृतनाको कमाण्ड गरेको हुनुपर्ने उल्लेख छ । यसरी हेर्दा उपरथी टण्डुलको रथी बढुवा सिफारीस त्रुटीपुर्ण रहेको देखिन्छ । 

किनभने उनले पृतनाको कमाण्ड जम्मा सात महिना गरेका छन् । नयां नियमअनुसार रथीमा बढुवा हुनको लागी एक वर्ष पृतनाको कमाण्ड गरेको हुनुपर्ने उल्लेख छ ।  तर,सेनाका एक उपरथीले भने संशोधित नियमावली केही समयपछि मात्र लागु हुने बताए ।

वरियताको आधारमा भने रथी बढुवाको लाईनमा उपरथी गौरव तण्डुल नै त्यसका हकदार हुन् । टण्डुलको रथीमा बढुवा सिफारीससंगै अर्का उपरथी प्रभुराम शर्मा प्रधानसेनापति वन्ने बाटो खुला भएको छ । किनभने टण्डुल बढुवा भएको अवस्थामा शर्मा उनले २०७७ वैशाख १९ मा अवकास पाएपछि मात्र उनको ठाउंमा तिन तारे जर्नेल बन्नेछन् । त्यसपछि हालका प्रधानसेनापति थापाले २०७८ साल भदौमा अवकास पाइसकेपछि उनको ठाउंमा शर्मालाई प्रधानसेनापति वन्ने बाटो खुल्नेछ । 

टण्डुलको रथीमा बढुवा नभएको अवस्थामा शर्मा नै रथीमा बढुवा हुने लाईनमा थिए । त्यसो हुंदा उपरथी शर्माको हालका प्रधानसेनापति थापाझै रथीमा पदावधी एक वर्ष थप गर्नुपर्ने बाध्यता थियो । यदि केही गरी प्रधानसेनापतिले उनको एक वर्ष पदावधी थप नगरे उनि रथीबाटै अवकास पाउने निश्चतजस्तै थियो । 

यसरी हेर्दा शर्माको लागी टण्डुल रथीमा बढुवा हुनु नै उनलाई प्रधानसेनापति वन्ने वाटो खुला भएको हो । टण्डुल उमेर हदका कारण २०७७ वैशाख १९ मै अवकास पाउनेछन् । यद्यपी शर्माको उपरथीमा पदावधी भने थप गर्नुपर्ने हुन्छ । उनको उपरथीको पदावधी आगामी वर्षको कार्तिकमा सक्किदै छ । 

सामान्यतया उपरथीको पदावधी थप हुने भएकाले शर्मा नै भावी प्रधानसेनापति वन्ने निश्चित भएको छ । हाल युद्धकार्य महानिर्देशक समेत रहेका शर्मालाई प्रधानसेनापति बन्न सजिलो हुने गरी नै सेनापति थापाले टण्डुलको बढुवा गरेको चर्चा सैनिक वृतमा छ । यदि तण्डुलको रथीमा बढुवा नभएको अवस्थामा प्रधानसेनापतिका लागी अस्वभाविक प्रतिस्पर्धा हुने देखिएपछि प्रधानसेनापति थापाले उक्त बाटो वन्द गरेको चर्चा सैनिक वृतमा छ । 

सेनामा टण्डुलको रथीमा बढुवासंगै शर्मा थापाको उत्तराधिकारी बन्ने निश्चित भएको छ । थापा सेनापतिमा नियुक्त भएसंगै शर्मालाई सेनामा प्रधानसेनापति बन्नुभन्दा पहिले दिईने युद्धकार्य महानिर्देशकको जिम्मेवारीमा ल्याईएको थियो ।  शर्माले भारतबाट नेशनल डिफेन्स कोर्स गरेका हुन् । उनि सेनामा क्षमतावान् र विवादमा नआएका सैनिक अधिकारीका रुपमा चिनिन्छन् ।  सेनाका अर्का रथी गिरी २०७७ असार ६ मा उमेर हदका कारण अनिवार्य अवकासमा जानेछन् । 

प्रतिक्रिया दिनुहोस
Advertisement