प्रधानसेनापति थापा संयुक्त राष्ट्रसंघको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता


काठमाडौँ – प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको औपचारिक भ्रमण सकेर मंगलबार (आज) स्वदेश फिर्ता भएका छन्। राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा ब्रिटिस आर्मी फोर्सले आयोजना गरेको फस्ट ह्युमन पिस एण्ड सेक्युरीटी (डव्लुपीएस) (सिएचओडिएस) Network Meeting तथा संयुक्त राष्ट्रसंघको सचिवालयले आयोजना गरेको तेस्रो Chiefs of Defence Conference मा सहभागी भई आज स्वदेश फिर्ता भएका हुन् ।

प्रधानसेनापति थापा संयुक्त राष्ट्रसंघको औपचारिक भ्रमणका लागी असार २३ गते मित्रराष्ट्र संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गरेका थिए ।  प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । उक्त अवसरमा नेपाली सेनाका रथीबृन्द र रक्षा मन्त्रालयका सहसचिवलगायतको उपस्थिति रहेको थियो । उनलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण समेत गरेको थियो ।

भ्रमणको दौरान प्रधानसेनापति थापाले संयुक्त राष्ट्रसंघ मुख्यालयमा कार्यरत विशिष्ट व्यक्तित्वहरु लगायत Department of Defense -DoD_ df US Armed Forces sf Vice Chairman of the Joint Chiefs of Staff General Paul J= Selva / DoD अन्तर्गत दक्षिण एशिया विभाग हेर्ने पदाधिकारीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र संयुक्त राष्ट्रसंघ तथा मित्रराष्ट्र अमेरिकी सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement