प्रधानसेनापति थापाद्वारा बाहिनी अड्डाको निरीक्षण भ्रमण सम्पन्न


काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार बाग्लुङस्थित २३ नं. बाहिनी अड्डाको निरीक्षण भ्रमण गरी काठमाडौं फिर्ता भएका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त बाहिनी अड्डाको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए । निरीक्षण भ्रमणको सिलसिलामा उनी बिहिबार पश्चिम पृतना हेडक्वाटर पोखरातर्फ प्रस्थान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement