प्रधानसेनापति थापाद्वारा रुपन्देही जिल्लास्थित मध्य पश्चिम पृतना हेडक्वाटरको निरीक्षण


काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले रुपन्देही जिल्लास्थित मध्य पश्चिम पृतना हेडक्वाटरको निरीक्षण भ्रमण गरेका छन् । शनिबार नेपाली सेनाद्वारा रुपन्देही जिल्लास्थित मध्य पश्चिम पृतना हेडक्वाटरको जिम्मेवारी क्षेत्रमा पर्ने मर्चवारमा सञ्चालित स्वास्थ्य शिविर, कपिलबस्तुस्थित नारायणदल गणको सुरक्षा बेश स्युराज र चितवन जिल्लाको कसरास्थित श्री बटुकदल गणको निरीक्षण भ्रमण गरेका हुन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले श्री नारायणदल गणको सुरक्षा बेश स्युराजमा रहेको स्युराज पार्कको अवलोकन गरी बृक्षारोपण गर्नुका साथै उक्त गण तथा सुरक्षा बेशको बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जाहरुलाई सम्बोधन गरेका थिए ।

सोही क्रममा प्रधानसेनापति थापा रुपन्देही जिल्लास्थित जीतगढी किल्लामा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उजिर सिंह थापाको मुर्ति अनावरण तथा झण्डोत्तोलन कार्यक्रममा सहभागी समेत भएका थिए। उनी आज बटुकदल गणमा मुकाम रही अन्तर्गत सुरक्षा बेशहरुको निरीक्षण भ्रमण पश्चात आइतबार काठमाडौं फिर्ता हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement