प्रधानसेनापति शर्मा भारत जाँदै


काठमाण्डु –  प्रधानसेनापति प्रभुराम शर्मा भारत जाने भएका छन् । उनी स्वास्थ्य परीक्षणका लागि भारत जान लागेको नेपाली सेनाले जनाएको छ । त्यसका लागि उनको बिदा स्वीकृत भएको विज्ञप्तिमा जनाएकाे छ ।

मन्त्रिपरिषद्को पुस १५ गते बसेको बैठकले शर्माको पुस १८ गतेबाट ३० गतेसम्म बिदा स्वीकृत भएको हो । प्रधानसेनापति शर्माको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement