उपरथीमा बढुवा भएका ढकाल र खड्कालाई प्रधानसेनापतिद्धारा दज्र्यान्ही चिन्ह प्रदान


काठमाण्डु – नेपाली सेनाको उपरथीमा बढुवा भएका दुई जना सहायकरथीलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले दज्र्यान्ही चिन्ह प्रदान गरेका छन् ।

मंसिर ०३ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायकरथीहरु सन्तोष कुमार ढकाल र सहदेव खड्कालाई प्रधानसेनापति थापाले शुक्रवार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

उपरथीमा बढुवा भएका ढकाललाई पूर्वी पृतना हे.क्वा.को पृतनापति तथा अर्का उपरथी खड्कालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पदस्थापन गरिएको छ ।

नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सहायकरथी दर्जामा पदोन्नती भएका ४ जना महासेनानीहरुलाई समेत दज्र्यान्ही चिन्ह प्रदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement