सेनाको ईन्जिनियरिङ विभागको जिम्मेवारी प्रधानको कांधमा 


 काठमाडौं –  नेपाली सेनाका सहायकरथी कमलसिंह प्रधान उपरथीमा बढुवा भएका छन् । मन्त्रिपरिषदको असार १२ मा बसेको वैठकले प्राविधिक पउपरथीमा प्रधानलाई बढुवा गर्ने निर्णय गरेको थियो   

सेनाको विकास निर्माण हेर्ने ईन्जिनियरिङ विभागको विभागीय प्रमुख रहेका उपरथी योगेन्द्र खांणले उमेर हदको कारण सैनिक सेवाबाट अनिवार्य अवकास पाएपछी सैनिक मुख्यालयले उनको ठाउंमा प्रधानलाई बढुवा सिफारीस गरेको थियो ।

प्राविधिक उपरथी दर्जामा पदोन्नति  भएका स्थपति निर्देशनालयका निर्देशक प्राविधिक सहायक रथी प्रधानलाई जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । 

प्राविधिक उपरथी दर्जामा पदोन्नति भएका उपरथी प्रधानलाई ईन्जिनियरिङ विभागको विभागीय प्रमुखको जिम्मेवारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement