टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (फोटो फिचर )


काठमाण्डु – सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाद्वारा आयोजित फूलपाती बढाइँ समारोह सम्पन्न भएको छ । बडा दशैं २०७९ को उपलक्ष्यमा फूलपाती बढाइँ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारी प्रमुख अतिथिको रुपमा सहभागी भईन ।

कार्यक्रमको प्रारम्भमा प्रमुख अतिथि राष्ट्रपतिमा नेपाली सेनाको सम्मान गारतले सलामी अर्पण गरे पश्चात नेपाली सेनाको हेलिकप्टरबाट नेपाली र अंग्रेजी भाषामा “फूलपाती बढाइँ समारोह–२०७९“ लेखिएको व्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो ।

तत्पश्चात बढाइँ टोलीले राईफलबाट विभिन्न पाटाहरुबाट छिटो लहरे, एकठ्ठा र दुर्गायन्त्र आकृति समेत बनाई बढाइँ गर्नुका साथै तोपबाट पनि बढाइँ गरिएको थियो । उक्त कार्यक्रममा नेपाली सेनाको महिला गुल्म समेत सम्मिलित टोलीबाट मार्च पास प्रदर्शन गर्नुका साथै नेपाली सेनाको ब्यान्डबाट मालश्री धुन तथा दुर्गा भजनहरुको धुन समेत प्रस्तुत गरिएको थियो ।

यसअघि प्रधानसेनापति प्रभुराम शर्माले मानार्थ उप सेनानी दर्जामा पदोन्नती हुनु भएका ५१ (एकाउन्न) जना मध्ये उपत्यकाभित्र कार्यरत १८ (अठार) जना पदिकहरुलाई मानार्थ उप सेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

साथै त्यही दिन नेपाली सेनाका १ (एक) जना सकलदर्जा र गैह्र सैनिक व्यक्ति २ (दुई) जना गरी जम्मा ३ (तीन) जनालाई “प्रधान सेनापति प्रशंसा निशान” प्रदान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement