सेनाका सहायकरथी ढकाल र खड्का उपरथीमा बढुवा


काठमाण्डु– नेपाली सेनाका दुई जना सहायकरथी उपरथीमा बढुवा भएका छन् । सैनिक मुख्यालयको सिफारीसमा सरकारले सहायकरथीहरु सन्तोष ढकाल र सहदेव खड्कालाई उपरथीमा बढुवा गरेको हो ।

ढकाल हाल पुर्वी पृतनामा कामु पृतनापति छन् भने खड्का सैनिक मुख्यालयमा रहेको सीमा हेर्ने विभागको प्रमुख छन् ।

त्यसैगरी बुधवार वसेको मन्त्रिपरिषदको वैठकले महासेनानीहरु किरण केसी, सुनिलराज विष्ट,नवराज गुरुङ र टंक भट्टलाई सहायकरथीमा बढुवा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement