सेनामा उपरथीहरुको सरुवा : गूप्तचर प्रमुखमा थापा,अधिकारी बने युद्धकार्य महानिर्देशक


काठमाण्डु-  नेपाली सेनाका उपरथीहरुको सरुवा हुने भएको छ । सैनिक मुख्यालयले पठाएको सरुवाको सूची रक्षामन्त्रालय हुंदै मन्त्रिपरिषदमा पुगिसकेको छ ।

सरुवा हुनेहरुमा सेनाको पश्चिम पृतनाका पृतनापति रहेका उपरथी दीपक बानियांको कार्यरथीको कार्यालय, विजय थापा सैनिक ईन्टेलिजेन्स महानिर्देशनालय, प्रेमध्वज अधिकारी युद्धकार्य महानिर्देशक, सुदर्शन सिलवाल मध्यपूर्वी पृतना वर्दिवास र गणेश श्रेष्ठ  सुदुरपश्चिम पृतना धनगढी रहेका छन् ।

उपरथीमा बढुवासहित सन्तोषवल्लभ पौडेलको पश्चिम पृतना पोखरामा पदस्थापनको लागि सैनिक मुख्यालयले पत्र पठाएको छ । पौडेलको उमेर विवाद भने कायमै छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement