निर्वाचन सुरक्षाबारे जंगी अड्‍डामा सुरक्षा प्रमुखबीच भेटवार्ता


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले सुरक्षा निकायका प्रमुखहरुसंग छलफल गरेका छन् । बिहिबार जंगी अड्‍डामा प्रधानसेनापति शर्माले नेपाल प्रहरीका आइजीपी धिरजप्रताप सिंह,सशस्त्र प्रहरीका आइजीपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापासहित आफ्नो टिमका रथीहरुलाई राखेर आसन्न निर्वाचन सुरक्षा केन्द्रीत छलफल गरेका हुन् ।

नेपाली सेनाका उच्च तहका अधिकृतहरुको समेत सहभागीता रहेको उक्त छलफल कार्यक्रममा समसामायिक समग्र सुरक्षा अवस्थाको समिक्षा गर्दै विशेषत: आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई शान्तिपूर्ण ढंगले सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाको बारेमा छलफल एवं अन्तरक्रिया भएको थियो ।

साथै, उक्त छलफल कार्यक्रममा सबै सुरक्षा निकायका प्रमुखहरुबीच प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन-२०७९ स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट सुरक्षा निकायहरुलाई प्राप्त जिम्मेवारीहरु केन्द्रिय, प्रादेशिक र स्थानीय तीन तहमा आपसी समन्वय र सहकार्यका साथ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने लगायतका विषयहरुमा समेत छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement