रौतहटको राजपुरमा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर


काठमाण्डु – नेपाली सेनाल रौतहटको राजपुर नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

२८ नम्बर बाहिनी अड्डा र श्री २८ नम्बर फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा नेपाल औषधी उत्पादक संघ, सामाजिक विकास मन्त्रालय नं.२ प्रदेश, सैनिक अस्पताल पोखराको सहयोग एवं इन्द्रबक्स गणको संयोजकत्वमा रौतहट जिल्ला, राजपुर नगरपालिका ९ बैरिया स्वास्थ्य चौकीमा १ दिने निःशुल्क जनरल ओपिडी तथा डेन्टल स्वास्थ्य शिविर संचालन भएको नेपाली सेनाले जनाएको छ ।

कोभिड–१९ का कारण स्वास्थ्य सेवाबाट बञ्चित र दुर्गम स्थानमा रहेका बिरामीहरुलाई निस्शुल्क औषधी वितरण तथा स्वास्थ्य सेवा उपलब्ध गराइएको उक्त स्वास्थ्य शिविरबाट महिला–११०, पुरुष –१०१ र बालबालिका ३२ जना गरि जम्मा २४३ जना (ओपिडी २२८ तथा डेन्टल १५) सर्वसाधारणहरु लाभान्वित भएको सेनाले जनाएको छ ।

सेना र आम नागरिकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन यस किसिमको स्वास्थ्य उपचार सेवाले महत्वपूर्ण भूमिका खेल्ने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement