नवौं राष्ट्रिय खेलकुद : जुडोमा आर्मीलाई चार स्वर्ण


काठमाण्डु – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत जुडोमा नेपाल आर्मीका खेलाडील ४ स्वर्ण पदक जितेका छन् ।

पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा मंगलबार सम्पन्न ७ इभेन्ट खेलमा आर्मीका खेलाडीले ४ स्वर्ण पदक जितेका हुन् । यससँगै आर्मी शीर्षस्थानमा छ । आर्मीले ३–३ रजत र कास्य पदक पनि जितेको छ ।

पुलिसका खेलाडीले आर्मीलाई पछ्याउँदै ३ स्वर्ण पदक प्राप्त गरेका छन् । पुलिसले १ रजत र ५ कास्य पदक प्राप्त गरेको छ । बागमतीले प्रदेशले १ रजत र ३ कास्य पदक जित्यो । लुम्बिनी र एपीएफले १/१ रजत जितेका छन् । मधेश प्रदेश, कर्णाली प्रदेश र एनआरएनले १र१ कास्य हात पारेका छन् ।

आर्मीका अनिल बलामीले ७३ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् । महिलातर्फ ४८ केजीमुनि तौल समूहमा सुमित्रा राई, ५२ केजी मुनि तौल समूहमा देविकामाया श्रेष्ठ, ६३ केजीमुनि तौल समूहमा लिला अधिकारीले आर्मीका लागि स्वर्ण दिलाए ।

प्रतिक्रिया दिनुहोस
Advertisement