सेनाको सम्भाररथी विभाग प्रमुख फेरिए, रावतले पाए नयां जिम्मेवारी


काठमाण्डु-  नेपाली सेनाले सम्भाररथी विभाग प्रमुख परिवर्तन गरेको छ । सेनाको एपीसी र हतियार खरिदको विवादमा परेका सेनाका उपरथी प्रदिपजंग केसीलाई सैनिक मुख्यालयले सरुवा गरेको हो । त्यहां पृतनापति रहेका होमनाथ दवाडी अवकासमा जाने भएका छन् ।

केसीको ठाउंमा सहायकरथी विष्णु रावतको सरुवा गरिएको छ । उनको उपरथी बढुवाका लागि फाइल समेत अघि बढिसकेको छ । रावत २८ वेसिकका सैनिक अधिकृत हुन् । उनिसंग यसअघि सम्भाररथी विभागमा बसेर काम गरेको अनुभव छ ।

उपरथी केसीलाई मध्य पृतना हेडक्वार्टर हेटौडा पठाइएको छ । सेनामा उनकै पालामा प्रधानसेनापति प्रभुराम शर्माको योजनामा ६ अर्ब बरावरको एपीसी,हतियार र गोली खरिद प्रक्रिया अघि बढाएको थियो । जसमा केसीसहित शान्ति सेना हेर्ने सहायकरथी सन्तोषबल्लव पौडेलको समेत मिलेमतो छ ।

चीनबाट प्रतिबन्धित कम्पनी नोरिन्कोबाट महंगो मुल्यमा सैनिक सामाग्री खरिद गर्ने तयारी भएपछि त्यसको चौतर्फी विरोध भएको थियो । तर, प्रधानसेनापति शर्मा भनेर जसरी पनि चीनबाट उक्त सामाग्री ल्याउनेमा छन् ।

प्रतिबन्धित कम्पनीबाट सैनिक सामाग्री ल्याउने तयारी भएपछि नेपाली बैंकहरुले समेत सेनाको एलसी खोल्न अस्विकार गरेपछि अहिले त्यो प्रक्रिया अवरुद्ध भएको छ । राष्ट्र बैंकले समेत सेनाको हतियार खरिदमा प्रक्रिया नमिलेको जवाफ दिएपछि सैनिक अधिकारीहरु अलमलमा परेका छन् ।

चीनबाट हतियार र एपीसी नल्याउन शक्ति राष्ट्रको चर्को दबावपछि राजनीतिक नेतृत्व हतियार खरिद प्रक्रिया रोक्नेमा छ । तर, सैनिक नेतृत्वले भने त्यसमा आनकानी गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणअघि यसलाई रोकेर राख्नेमा मनस्थितीमा पुगेको स्रोत बताउंछ । त्यसपछि भारत र चीन दुवै देशबाट खरिद गर्ने योजनामा दाहाल रहेको बताइन्छ ।

चीनबाट ६ अर्ब बरावरको हतियार किन्दै सरकार,देउवाका साला र ज्ञानेन्द्र कार्कीका भाईको संलग्नता

हतियार प्रकरणपछि अर्को बिवादमा मुछिए प्रधानसेनापति शर्मा

 

प्रतिक्रिया दिनुहोस
Advertisement