नेपाली सेनामा एनडिसी कोर्सका लागी पांच जना महासेनानी छनौट


काठमाडौं– नेपाली सेनामा नेशनल डिफेन्स कोर्स(एनडिसी) का लागी सैनिक अधिकृतहरुको छनौट गरिएको छ । सैनिक स्रोतले दिएको जानकारीअनुसार एनडिसीका लागी २६ बेसिकका सागरबहादुर थापा, २७ बेसिकका आशबहादुर तामाङ,गणेश श्रेष्ठ,कृष्ण सापकोटा, र पवनराज घिमिरे छनौट भएका छन् ।

सेनाले चीनमा एनडिसी कोर्सका लागी थापा,तामाङ र विजयलाई मनोनित गरेका छन् भने पहिलो पटक नाइजेरियाबाट आएको कोटामा घिमिरेलाई छनौट गरिएको छ । नाईजेरियाका लागी पठाइएका घिमिरेलाई सेनाले नै २० हजार डलर खर्च गर्ने भएको छ भने चीनमा भने सबै खर्च चीन सरकारले नै ब्यहोर्नेछ ।

यसपटक पनि २७ बेसिकका महासेनानी सुदर्शन सिलवाल एनडिसी गर्नबाट बंचित भएका छन् । त्यसैगरी २७ बेसिककै प्रेमध्वज अधिकारी र सुशील भण्डारी पनि यसपटक छनौटमा पर्न नसकेको सैनिक स्रोतको दाबी छ ।

भारत र वङगलादेशको कोटा आउन बाकी रहेकाले अधिकारी र भण्डारीलाई पठाउने सम्भावना भएपनि सिलवाललाई नपठाउने प्रधानसेनापतिको तयारी रहेको बुझिएको छ । सेनामा दुई तारे जर्नेलमा बढुवा हुन एनडिसी कोर्स ५३ बर्षभित्र गरिसक्नुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement