उच्च सैनिक अधिकारीको सरुवा : प्रधानसेनापतिका दावेदारलाई बनाइयो युद्धकार्य महानिर्देशक


काठमाण्डु – सैनिक मुख्यालयले उच्च सैनिक अधिकारीहरुको सरुवा र बढुवा गरेको छ । सेनाले उपरथी ताराध्व पाण्डे, प्रदिपजंग केसी र निर्मल कुमार थापाको सरुवा गरेको हो ।

सैनिक ईण्टिलिजेन्स कोरमा कार्यरत सहायकरथी सागरबहादुर थापाको उपरथीमा बढुवा हुनुको साथै पदस्थापन समेत भएको छ । थापालाई कार्यरथी विभागको प्रमुख बनाइएको छ ।

सम्भारथी प्रमुख रहेका पाण्डेलाई सेनाको शक्तिशाली मानिने युद्धकार्य विभागको महानिर्देशक बनाइएको छ । उनि हालका प्रधानसेनापति प्रभुराम शर्मापछिका प्रधानसेनापतिका दाबेदार हुन् । पाण्डे र उपरथी अशोक सिग्देलमध्ये एक जना शर्माको उत्तराधिकारी बन्ने सम्भावना छ । सिग्देल समेत सेनाको महत्वपूर्ण मानिने नीतिमा प्रमुख छन् ।

सहायकरथी गणेश श्रेष्ठलाई सैनिक प्रशासन तथा व्यवस्थापन निर्देशनालय (विरेन्द्र अस्पताल समेत हेर्ने गरी ), पवनराज घिमिरे राष्ट्रिपतिको मुख्य सुरक्षाधिकृत, प्रकाश देउजा निर्देशक युद्धकार्य निर्देशनालय, शिशिरचन्द्र केसी उपत्यका कमाण्ड र सुन्दर पाण्डेको राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालको निर्देशकमा सरुवा भएको छ ।

त्यसैगरी महासेनानीहरु रन्जित थापालाई सैनिक विशेष ईण्टेलिजेन्स निर्देशनालय, बालकृष्ण कार्की, सैनिक तालिम महानिर्देशनालय, लक्ष्मण थापा अभिलेखालयपति, मोहनचन्द्र गुरुङ सहायक बाहिनीपति २५ बाहिनी र अर्जुन बस्नेतको मध्य कमाण्ड हेडक्वाटरमा सरुवा भएको छ ।

सहायकरथी र महासेनानीमा बढुवा र पदस्थापन

महासेनानी शक्तिजंग बस्नेत सहायकरथीमा बढुवासहित बाहिनीपति ९ बाहिनी, महेश कुमार थापा बाहिनीपति २ बाहिनी, भुवनपूर्ण सत्याल उपत्यका कमाण्ड र द्रव्यराम भण्डारीको बाहिनीपति १३ बाहिनीमा बढुवासहित पदस्थापन भएको छ ।

त्यसैगरी प्रमुख सेनानीहरु जितबहादुर लामा महासेनानीमा बढुवा भएर नेपाली सैनिक व्याटल स्कुलको शिक्षाधिकृत,पंकज रावल नेपाली सैनिक प्रतिस्ष्ठान र उमेश कार्की सहायक बाहिनीपति ४ बाहिनीमा बढुवासहित पदस्थापन भएको छ ।

प्रमुख सेनानी जिवन कार्की डिपोपति जंगी असवाव खाना, शीतल बानिया क्षेत्री वार कलेज, सुरेश आचार्य सहायक बाहिनीपति २३ बाहिनी र अच्युतम भण्डारीको महासेनानीमा बढुवा हुनुको साथै १ बाहिनीको सहायक बाहिनीपतिमा पदस्थापन भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement