प्रधानसेनापति शर्मा र भारतीय सेना प्रमुख पाण्डेबीच भेटवार्ता


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेना प्रमुख मनोज पाण्डेबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार सैनिक मुख्यालय जङ्गी अड्डामा भेटवार्ता भएको हो ।

भेटवार्तामा दुई देशका सेना प्रमुखबीच द्विपक्षीय हित, सैन्य सहयोग लगायतका विषयमा छलफल भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए । नेपालको पाँच दिने भ्रमणको सिलसिलामा भारतीय स्थल सेना प्रमुख पाण्डे आइतबार काठमाण्डु आइपुगेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आजै शितलनिवासमा आयोजित एक समारोहमा सेना प्रमुख पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नेछिन् ।

त्यस्तै सेनाप्रमुख पाण्डेले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुलाई भेट्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement