पुरुष ट्रिपल जम्प : आर्मीका डिल्ली खत्रीले जिते स्वर्ण


पोखरा – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको पुरुष ट्रिपल जम्पमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ । पोखरा रंगशालमा बिहीबार बिहान भएको खेलमा आर्मीका खेलाडी डिल्ली खत्रीले १३.९५ मिटर जम्प गर्दै स्वर्ण पदक जितेका छन् ।

नेपाल पुलिस क्लबका चन्द्रदेव जोशीले १३.५५ मिटर जम्प गरेर रजत जितेका छन् । यस्तै बागमती प्रदेशका सुदिप महतोले १३.४४ मिटर जम्प गरेर कांस्य पदक जिते ।

प्रतिक्रिया दिनुहोस
Advertisement