प्रधानसेनापतिद्धारा उच्च सैनिक अधिकारीको काज सरुवा 


काठमाडौं – प्रधानसेनापति पुर्णचन्द्र थापाले उच्च सैनिक अधिकारीको काज सरुवा गरेका छन् ।  सैनिक स्रोतले दिएको जानकारीअनुसार सुदुरपश्चिम पृतनापति उपरथी झंकरबहादुर कडायतलाई मिलिटरी इन्टिलिजेन्स महानिर्देशनालयमा काज सरूवा गरिएको छ । उनि यसअघि सैनिक प्रवक्ता समेत थिए । 

सैनिक मुख्यालयले अन्य तीन जना सहायकरथीहरुको समेत काज सरुवा गरेको छ । काज सरूवा हुनेमा सहायक रथी बालकृष्ण कार्की, निर्मलकुमार थापा र लवकुमार रायमाझी छन्।

कार्कीलाई सुदूरपश्चिम पृतना हेडक्वाटर, थापालाई सैनिक सचिव विभाग र रायमाझीलाई नं ६ बाहिनी अड्डामा सरुवा गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस
Advertisement