सेनामा १२ जर्नेलको सरुवा ,सैनिक प्रवक्ताको जिम्मेवारी पाण्डेलाई दिईयो


काठमाडौं – नेपाली सेनाका १२ जना जर्नेलहरुको सरुवा भएको छ । सरुवा हुनेमा सैनिक प्रवक्ता सहायकरथी यामप्रसाद ढकाल समेत रहेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले सहायकरथी ढकाललाई पूर्वी पृतना अन्तरगत धनकुटाको हिलेस्थित २ नम्बर बाहिनीको बाहिनीपतिमा सरुवा गरेका छन् ।

ढकालको ठाउंमा सहायकरथी विज्ञानदेव पाण्डे सैनिक प्रवक्तामा नियुक्त भएका छन् । सैनिक प्रवक्तामा नियुक्त भएका पाण्डे १९ वाहिनीमा  कार्यरत थिए ।

सरुवा हुने अन्य सहायकरथीहरुमा दामोदर थापा भ्याली पृतना,रामनाथ ढुंगाना पोखरा पृतना , अर्जुन श्रेष्ठ राष्ट्रिय निकुन्ज निर्देशनालय, हिरालाल जोशी शान्ती सेना निर्देशनालय, होमनाथ दवाडी ५ बाहिनी सरुवा भएका छन् ।

त्यसैगरी सहायकरथी शुसिल भण्डारी १९ बाहिनी, सागर केशी कल्याणकारी निर्देशनालयको निर्देशकमा, योगराज शर्मा सम्भाररथीको कार्यालय, कुमार लामा सैनिक गूप्तचर महानिर्देशनालय र दिपक बानिया २४ बाहिनीमा सरुवा भएका छन् ।

प्रधानसेनापति थापाले प्रधानसेनापतिको कार्यालयमा महासेनानी टंक भट्टलाई जिम्मेवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement