शान्ति सेनामा आफन्त र नातागोतालाई पठाएको भन्दै सांसद बैठकमा आलोचना 


काठमाडौं – नेपाली सेनाबाट शान्ती सेनामा पठाउने सैनिकको कोटामा विभेद भएको भन्दै संसद वैठकमा आलोचना भएको छ ।

सोमबार वसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै संघिय समाजवादी फोरम नेपालकी सांसद रेणुका गुरुङ्गले सेनामा वार्षिक ५ हजारभन्दा बढी सैनिक शान्ती सेनामा जाने गरेकोमा त्यसमा उच्च अधिकृतका आफन्त र नातागोतालाई मात्र अवसर दिने गरेको दावी गरिन् ।

उनले ४ \५ हजार भन्दा बढी सेना शान्ति सेनामा जाने गरेको भन्दै त्यसमध्ये सयौंको संख्यामा विशेष कोटामार्फत उच्च भुपु सैनिक र बहालवाला सैनिक अधिकारीका आफन्त र नजिककाहरु जाने गरेको आरोप लगाईन् ।

सांसद गुरुङ्गले १५ बर्ष सेवा गरेको सामान्य सिपाहीले पनि शान्ती सेनामा सहभागी हुन पाउनुपर्ने भन्दै सेनामा विद्यमान रहेको विशेष कोटाको प्रणाली हटाउन रक्षामन्त्रालयले पहल थाल्नुपर्ने बताइन । उनले सैनिक नियमावलीका कारण कैयौं उच्च सैनिक अधिकारी मर्कामा परेको भन्दै त्यसलाई खारेज गर्न राज्यव्यवस्था समिति र रक्षामन्त्रालयको ध्यानाकर्षण गरिन् ।

‘सेनामा अहिले फास्ट ट्रयाकको नाममा ठुलो विभेद छ, सक्षम अधिकृतहरु यही नीतिका कारण धमाधम अवकासमा गइरहेका छन्,यसले सेनाको मर्यादा र अनुशासनमा असर परिरहेको छ । ’ सांसद गुरुङ्गले भनिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement