सैनिक प्रवक्ताको जिम्मेवारी सहायकरथी पाण्डेलाई 


काठमाडौं – नेपाली सेनाका सहायकरथी विज्ञान देव पाण्डेले सैनिक प्रवक्ताको कार्यभार सम्हालेका छन् । सहायकरथी याम प्रसाद ढकालले जनसम्पर्क तथा सूचना निर्देशनालयमा विहिवार आयोजित एक कार्यक्रमका बीच सहायक रथी पाण्डेलाई कार्यभार हस्तान्तरण गरेका हुन् ।  

जनसम्पर्क तथा सूचना निर्देशक तथा सैनिक प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा आमसञ्चार जगतका सवै मिडिया हाउस, प्रकाशक, सम्पादक तथा बिशेषगरी रक्षासंग सम्बद्ध पत्रकारहरुबाट प्राप्त सद्भाव, शुभेच्छा र सहयोगका लागि निवर्तमान प्रवक्ता सहायक रथी ढकालले आभार प्रकट गरेका छन् ।  

सहायक रथी पाण्डेको कार्यकालमा नेपाली सेना र आमसञ्चार जगतबीचको सम्बन्ध अझ थप प्रगाढ एवं सुमधुर हुनुको साथै आमसञ्चार जगतको सहयोग यथावत रहिरहने विश्वास नेपाली सेनाले लिएको छ । पाण्डे सेनामा व्यवसायकी अधिकृतका रुपमा चिनिन्छन् । 

प्रतिक्रिया दिनुहोस
Advertisement