सेनाका प्रवक्ता फेरीए, गोकुल भण्डारीले पाए सैनिक प्रवक्ताको जिम्मेवारी


काठमाडौं– नेपाली सेनाको प्रवक्ता फेरीएका छन् । हालका सैनिक प्रवक्ता सहायकरथी नैनराज दाहालले संयुक्त राष्ट्रसंघको मिसनमा सेक्ट्टर कमाण्डरको नियुक्ती पाएपछि उनको ठाउमा सेनाले नयां प्रवक्ता तोकेको हो  ।

 

 

दाहालले तीन महिना मात्र सैनिक प्रवक्ताको जिम्मेवारी सम्हाले भने त्यसअघिका प्रवक्ता हाल उपरथी रहेका झंकर कडायतको एक वर्ष नपुग्दै कामु पृतनापतिको रुपमा सरुवा भएको थियो ।

 

सैनिक स्रोतले दिएको जानकारीअनुसार सहायकरथी गोकुल भण्डारी सेनाको नयां प्रवक्ता बन्ने भएका छन् । हाल धनकुटामा रहेको सेनाको २ बाहिनीमा सहायकरथी भण्डारी बाहिनीपतिका रुपमा कार्यरत छन् । उनि २५ बेसिकका सैनिक अधिकृत हुन ।

 

चीनबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेका भण्डारी यसअघि सेनाको सिंग्नल निर्देशनालयमा निर्देशकका रुपमा कार्यरत थिए ।

 

सेनामा प्रधानसेनापतिको प्रत्यक्षमा मातहतमा रहने सैनिक जनसम्पर्क निर्देशनालयको प्रमुख (सैनिक प्रवक्ता) को नियुक्तीलाई महत्वपुर्ण जिम्मेवारी मानिन्छ । प्रधानसेनापतिले आफ्नो विश्वासपात्रलाई निर्देशनालयको प्रमुखको जिम्मेवारी दिने प्रचलन रहदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement