काठमाण्डु – भरुवा बन्दुकसहित हुम्लामा १ जना वडा सदस्य पक्राउ परेका छन् ।
खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकायालाई भरुवा बन्दुक र अन्य सामानसहित पक्राउ गरिएको हो ।
वडा सदस्य रोकायाको घरबाट १ थान भरुवा बन्दुक, फलामको रडको १२ थान गोली, ढुङ्गाको गोली ७ थान, सिल्भरको डिब्बामा रहेको धुलो जस्तो देखिने कालो रंगको बारुद ९० गम, स्टेन लस स्टिल नाम लेखेको चक्कु १ घरमा लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले रोकायालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक शंकर खड्काले बताए ।
रोकाया खार्पुनाथ गाउँपालिकामा वडा सदस्य रहेका छन् । भरुवा बन्दुकबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया