लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रहरीले देशका विभिन्न भागबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन, चितवन, बर्दिया, बाँके, उदयपुर र काठमाण्डुबाट दुई-दुई तथा जुम्ला, मोरङ र ललितपुरबाट एक-एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुका साथबाट लागुऔषध अफिम, खैरो हेरोइन र गाँजा तथा चिकित्सको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल, नाइट्राभेट र स्पास्पेन बरामद गरेको छ ।