प्रहरी हुँ भन्दै ठगी गर्ने ३३ वर्षीया महिला पक्राउ

प्रहरी हुँ भन्दै ठगी गर्ने ३३ वर्षीया महिला पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरी हुँ भन्दै ठगी गरेको अभियोगमा काठमाण्डु महानगरपालिका–२६ गल्कोपाखा बस्ने इलामको इलाम नगरपालिका–१० घर भएकी ३३ वर्षीया दिपिका बोहोरा (तामाङ) लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

दिपिकाले आफूलाई नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक हुँ भन्दै पोशाक लगाएको तस्वीर देखाई विभिन्न आश्वासन दिई आफ्नो ई–सेवा तथा मोबाइल बैंकिङमा पैसा राख्न लगाई निवेदकलाई झुक्यानमा पारी ठगी तथा आपराधिक लाभ लिने कार्यमा संलग्न रहेकी उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले काठमाण्डु महानगरपालिका–२६ गंगबुबाट पक्राउ गरेको हो ।  

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाण्डु पठाइएको प्रहरीले जनाएको छ ।