महोत्तरी – स्थानीय सोनमा गाउँपालिका–३ खखना गाउँमा गत जेठ २० गते पतिपत्नीलाई गोली हानी डकैती गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सम्सी गाउँपालिका–६ का २१ वर्षीय अपरोज शेष, २४ वर्षीय शेष बारिक र गौशाला नगरपालिका–५ का क्रिशकुमार मेस्तर रहेको प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए ।
पक्राउ परेका ३ जना सहितको डाँका समूहले स्थानीय रामविश्वास यादवको घरमा सुतिरहेका उनकी छोरी किरण यादवलाइ खुट्टामा २ गोली र ज्वाइँ ईश्वरनारायण यादवलाई दाहिने हातमा १ गोली हानी घाइते बनाएको थियो । घाइते यादव दम्पतीको स्वास्थ्य अवस्था अहिले समान्य छ ।
जिल्ला प्रहरी कार्यालयले अभियुक्तहरूलाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । घटनामा संलग्न अन्य फरार अभियुक्तको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया