अवैध लागूऔषध खैरो हेरोइनसहित १ जना पक्राउ

अवैध लागूऔषध खैरो हेरोइनसहित १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा – प्रहरीले मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइनसहित १ जनालाई पक्राउ गरेको छ ।

लागूपदार्थ ६ ग्राम ३८० मिलिग्रामसहित मेचीनगर नगरपालिका–१० बस्ने १९ वर्षीय संजय दासलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानी ट्यांकीबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ ह ९०८३ नम्बरको सिटी सफारीलाई जाँच गर्ने क्रममा लागूपदार्थ फेला पारी चालक दासलाई पक्राउ गरेको हो ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।