जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर – जिल्लाको त्रियुगा नगरपालिका–८ झोडास्थित घरमा जुवातास खेलिरहेको अवस्थामा त्रियुगा नगरपालिका–८ चुहाडे झोडा बस्ने ६१ वर्षीय भरत बस्नेत समेत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट चुहाडेबाट खटिएको प्रहरी टोलीले नगद १५ हजार ६६५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।